कपिलवस्तु मेयर कप नगरस्तरीय क्रिकेट उपाधी वडा नं. २ ले जित्यो

समाचार

इमरान खान, कपिलवस्तु । आठौ नगरस्तरीय मेयर कप क्रिकेट उपाधि कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले जितेको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १२ ले टस जितेर पहिलो बलिङ गर्दै १९.५ ओभरमा सबै बिकेट गुमाएर १०१ रन बनाउन सफल भएको थियो ।

वडा १२ वटा सबै भन्दा बढी रन आरएन मिश्राले ३६ बालमा ३४ रन त्यस्तै रमजान अलि धुनियाले १३ बालमा १९ रन बनाउन सफल भएको थियो  ।

वडा २ बाट सरफुद्दिन गद्दीले ४ ओभरमा १ मेडन ११ रन खर्च गरेर ४ विकेट लिएका थिए । कपिलवस्तु नगरपालिका वडा २ ले १०१ रनको पिछा गर्दै १२ ओभर ३ बलमा १०१ रन बनाउन सफल भएको थियो ।

कपिलवस्तु नगरपालिका वडा २ ले ७ बिकेटले म्याच जितेको थियो । कपिलवस्तु नगरपालिका वडा २ बाट सबैभन्दा बढी रन पउना गुप्ताले १८ बलमा ३६ रन , त्यस्तै शिवकुमार मौर्यले २३ बलमा ३३ रन बनाउन सफल भएको थिए । फाइनल मैच मा मैन अफ द मैच आकाश यादवले ४ ओभरमा १८ रन दिएर ३ विकेट पाएको थिए ।

भने वडा १२ का १० विकेट लिएर वेस्ट बलर जीवन मौर्य पाएका छन भने आठौ नगर स्तरीय क्रिकेट मेयर कपको मैन आफ द सिरीज वडा १२ का बिजय कुमार उपाध्याय ६ विकेट ६२ रन बनाए मैच आफ द सिरिज कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेलले प्रदान गरेका थिए ।

कपिलवस्तु नगरपालिका वडा २ प्रथम आउनेलाई रु ६० ,००० ( साठ हजार ) र वडा १२ दोस्रो आउनेलाई रु ३०, ००० ( तिस हजार ) सहित मेडल, ट्रफी र प्रमाणपत्र कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल, सांसद सुरेन्द्र राज आचार्य र लुुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकार पान्डेयको सयुक्त रुपमा बितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ