नेपाल–भारत महिला मैत्री समाजद्वारा महोत्तरीमा ह्वीलचेयर वितरण

समाचार

महोत्तरी । अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले महोत्तरीमा ह्वीलचेयर वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल–भारत महिला मैत्री समाजको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वाटर महोत्तरीको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

शुक्रबार आयोजित कार्यक्रममा सोनमा गाउँपालिका–३ रधुनाथपुरस्थित ने.राष्ट्रिय आधारभूत विद्यालयमा कार्यक्रम सम्पन्न भएको छ । सम्सी गाउँपालिका तथा सोनमा गाउँपालिकाका अपांगता भएका व्यक्तिहरूलाई १६ ह्वीलचेयर वितरण गरिएको आयोजकले जनाएको छ ।

नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा पूर्वमन्त्री चन्दा चौधरीको पहलमा समाजले निरन्तर सामाजिक कार्य गर्दै आएको छ ।

ह्वीलचेयर वितरणसँगै अपांगता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउने र जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त ह्वीलचेयर कार्यक्रममा सम्सी गा.पा. उपाध्यक्ष अनिता कुमारीको अध्यक्षतामा र संस्थाकी अध्यक्ष चौधरीको प्रमुख अतिथिमा विशिष्ट अतिथिमा महोत्तरी जिल्ला सशस्त्र प्रहरी बल को एसपी शेर बहादुर अधिकारी, अतिथिहरूमा रघनाथपुर गुल्माका डीएसपी गणेश दत्त पाण्डे, सोनमा गा.पा. वडा ३ अध्यक्ष प्रमोद कुमार सहनी, इन्सपेक्टर कृष्ण गिरि, खैरबनी डिप्युटी इन्सपेक्टर रवीन्द्र खड्का, नेपाल प्रहरी एसआई ओम प्रकाश मंडल ने.रा.अधारभुत विद्यालय प्र.अ राज किशोर साह अपाङ्ग महासंघ मधेश प्रदेश सदस्य श्येव विशविर, पत्रकार घनश्याम मिश्र लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

साथै यस संस्थाले विगत १३ वर्षदेखि नेपाल–भारत मैत्री सम्बन्ध, समाजिक कार्य भुकम्प, बाढी पहिरो, कोभिड र बाल विवाह तथा दाइजो प्रथाविरूद्व जस्ता विभिन्न कार्यक्रमहरू गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ