योजना बिक्रीसम्बन्धी छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध

समाचार

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।

प्रदेश सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुरु भएको मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले घोषणा गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले योजना बिक्री सम्बन्धि विषयको संसदीय छानविन समिति गठन नभएसम्म बैठक नचल्ने अडान लिएर विरोध गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको हो ।

जसपाका प्रमुख सचेतक यादवले प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसदीय छानबिनका लागि प्रतिनिधि पठाए पनि सत्ता पक्षबाट जानी बुझी छानविन समितिमा प्रतिनिधि पठाउने काम नभएको भन्दै छानविन समिति नबनेसम्म बैठक चल्न नदिने बताए आ–आफ्नो स्थानमा उभिएर विरोध गरेपछि सभामुख रामचन्द्र मण्डलले बिहीबार दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित गरेका छन् ।

संसदीय छानबिनका लागि समिति बनाउने सभामुखले प्रदेश सभामा दिएको निर्देशन १ महिना २४ दिन वित्दा छानविन समिति बन्न नसकेकाले सरकारको नियत ठिक नभएको प्रमुख सचेतकले आरोप लगाएका थिए ।

मधेश प्रदेश सभाको चौथो अधिवेशन प्रदेश सरकारको सिफारिसमा चैत्र ३० गते मध्य राति १२ बजे देखि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अधिवेशन अन्त्य गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ