मुख्यमन्त्री सिंहसँग एडीबी टोलीको भेट, पिएफएम मूल्यांकनबारे छलफल

समाचार

जनकपुरधाम । मधेश प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन मूल्यांकनको अन्तिम चरणमा पुगेको छ । यो मूल्यांकन एशियन डेभलपमेन्ट बैंक (एडीबी) को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधिबाट अगाडि बढाइएको हो।

बिहीबार एडीबीका प्रतिनिधिमण्डलले मुख्यमन्त्री सतिश कुमार सिंहसँग भेट गरी मूल्यांकनको प्रगतिबारे जानकारी गराएको हो। एडीबी निर्देशक श्रीनिवासन जर्नादनमको नेतृत्वमा आएको टोलीले हालसम्मको मूल्यांकन प्रक्रिया, नतिजा र आगामी कार्ययोजनाबारे छलफल गरेको हो।

छलफलमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साह, साथै एडीबीका वरिष्ठ अधिकृत जुलिका र कृष्ण पाठकको उपस्थिति थियो।

प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनको लक्ष्यसहित सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका लागि यो मूल्यांकन अघि बढाएको हो।

नेपालमा यसअघि गण्डकी प्रदेशले पिएफएम मूल्यांकन पूरा गरिसकेको छ भने मधेश प्रदेशको मूल्यांकन अन्तिम चरणमा पुगेको एडीबी प्रतिनिधिमण्डलले जनाएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ