बकर ईद पर्वले आपसी सद्भाव बढाओस् : मुख्यमन्त्री सिंह

समाचार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुस्लिम धर्मावलम्बीको महान् चाड बकर ईद (ईद–उल–अज्हा)को पावन अवसरमा मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

शनिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले धार्मिक, सांस्कृतिक तथा जातीय विविधताले भरिएको मधेश प्रदेशमा बकर ईदजस्ता पर्वहरूले आपसी समझदारी, सहकार्य र सामाजिक सद्भाव अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।

’धार्मिक र सांस्कृतिक पर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा थप योगदान पु¥याइरहेका छन्,’ सन्देशमा उल्लेख छ, ’बकर ईदले हामी सबैमा दया, उदारता र सहअस्तित्वको भावना बलियो बनाओस् भन्ने कामना गर्दछु ।’

मुख्यमन्त्री सिंहले बकर ईदले नेपाली समाजमा भाइचारा, सामाजिक न्याय र समावेशिताको सन्देश फैलाओस् भन्ने आशा व्यक्त गरेका छन् ।

अन्त्यमा उनले बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ