काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालले गहिरो दुःख व्यक्त गरेको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी मित्रराष्ट्र भारतको अहमदावादबाट यूकेका लागि उडेको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त हुनु धेरै नै दुखद तथा हृदय विदारक रहेको बताएका छन् ।
विमानमा सवार चालकदल सहित २४२ यात्रु मध्ये २४१ जनाको घटना स्थलमै ज्यान गएको र एक जना घाईते भई उपचारार्थ रहेको खवरले भारत एवं सम्बन्धित देश मात्र नभई सम्पूर्ण विश्वलाई नै स्तव्ध एवं दुखित बनाएको उनले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘उक्त दुर्घटना प्रति लोसपा नेपाल गहिरो दुःख व्यक्त गर्दछ । साथै दुर्घटनामा परी निधन हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै घाइते हुनुभएकाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं तथा शोकाकुल परिवारजन प्रति पार्टी र म आफ्नो तर्फबाट हार्दिक सम्वेदना प्रकट गर्दछौ ।’
तपाईको प्रतिक्रिया