शिक्षा र स्वास्थ्य क्षेत्रलाई लक्षित गरी १ करोड रुपैयाँ नईमियां नेपालमा विनियोजन

समाचार

इमरान खान, कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकाका नेकपा एमालेका युवा नेता एवं संघीय सांसद सिराज अहमद फारुकीले २०८२/८३ को संघीय बजेटमा संसदीय विकास कोषमार्फत कृष्णनगरका लागि रु १ करोड रुपैयाँ बजेट विनियोजन गराएका छन् ।

नईमियाँ नेपालले सो कार्यप्रति कृतज्ञता व्यक्त गर्दै विशेष कार्यक्रम गरी धन्यवाद र आभार कार्यक्रम सम्पन गरेको छ ।

नईमिया नेपाल समितिको आयोजनामा मंगलवार कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ स्थित संस्थाको कार्यालयको प्रांगणमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता हाजी अकिल मियाँले एमालेका युवा नेता एवं संघीय सांसद सिराज फारुकीलाई खादामाला अर्पण गर्दै भव्य रुपमा स्वागत तथा अभार व्यक्त गरेका छन् ।

कार्यक्रममा नईमिया नेपालका संरक्षक तथा निवर्तमान अध्यक्ष जामिया इस्लामिया नईमियां निमा विद्यालय हाजी अब्दुल कलाम खाँ, प्रस्तावित एम्बेसडर एवं एमाले युवा नेता मेराज खान, मौलाना जहीर नेपाली, अब्दुल रहमान हलवाई तथा कार्यक्रम सन्चालक समाजसेवी एवं युवा नेता अकरम पठान लगायतका स्थानीय अगुवाहरु, पदाधिकारीहरु तथा समुदायका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तथा नेपाली कांग्रेसका नेता मियाँले सांसद सिराज फारुकी प्रति धन्यबाद ज्ञापन गर्दै उक्त बजेटले संस्थागत बिकास, स्थानीय पूर्वाधार सुदृढीकरण तथा सामुदायिक हितमा महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

उनले बजेटको पारदर्शी र प्रभावकारी सदुपयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए ।

संघीय सांसद सिराज फारुकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित विशेष कार्यक्रमहरुलाई कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने अठोट ब्यक्त गरे र साथै जनताहरुको साथ रह्यो भने आउने दिनहरुमा अझै पनि यस्ता समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ