सर्लाही । नेपाल भारत विकाश मञ्चले सर्लाहीको बलरा नगरपालिका वडा नं.१ हथिऔलमा निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रम संचालन गरेको छ ।
निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रमको अध्यक्षता नेपाल भारत विकास मञ्चका केन्द्रीय अध्यक्ष रामकिशोर सिंहले गरेका थिए भने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह रहेका थिए ।
बलरा नगरपालिकामा रहेको गरिब र दलित बस्तीलाई लक्षित गर्दै यहाँको करिब २ हजार स्थानीयको स्वास्थ्यको ख्याल गर्दै निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण गरिएको थियो । यसैगरी लामखुट्टेबाट बच्न करिब १२ सय झुल वितरण गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मधेश प्रदेशका दलित विकास समितिका उपाध्यक्ष राम प्रवेश बैठा, नेपाली काँग्रेसका उपसभापति डा. सरोज यादव, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार राजनीतिकर्मी लगायत हजारौंको संख्यामा जनसमुदायको उपस्थित रहेको थियो ।
तपाईको प्रतिक्रिया