कपिलवस्तु । कपिलवस्तु नगरपालिका–८ पश्चिम दोहनीस्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ना.५ त ३१४० नम्बरको ट्याक्टर अनियन्त्रित भई पोखरीमा खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका–८ पश्चिम बेलहवा बस्ने ४० वर्षीया दुर्गावती कोरी समेत २ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया