काठमाडौं । तराई–मधेशकेन्द्रित सात राजनीतिक दलको संघीय लोकतान्त्रिक मोर्चाको बैठक बिहीबार बसेको बसेको छ ।
सो बैठकले कुनै निर्णय नगरे पनि भावी कार्यक्रम बनाउन गृहकार्यमा जुटेको छ । नागरिक उन्मुक्ति पार्टीले बोलाएको बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको थियो ।
रुपन्देही क्षेत्र न. ३ को उपचुनाव, मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजवन्दी रिहाइ, विविध लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीका नेता केशव झाका अनुसार आइतबार बस्ने गरी बिहीबारको बैठक टुंगिएको छ । आ–आफ्नो पार्टीमा छलफल गरेर आइतबार बस्ने बैठकले निर्णय लिने बताए ।
बैठकमा जसपा नेपालका उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन, राम कुमार शर्मा,. नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, लालबिर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतो, केशव झा, सिएन थारु लोसपाका महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमतका अब्दुल खान, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाका वृषेशचन्द्र लाल, ब्रज किशोर सिंह सहभागी थिए ।
तपाईको प्रतिक्रिया