काठमाडौंमा ‘हिमालिनी हिन्दी संवर्धन सम्मान २०२५’ सम्पन्न

समाचार

काठमाडौं । काठमाडौंबाट डॉ कृष्णचन्द्र मिश्र पब्लिकेशन द्वारा प्रकाशित हिन्दी मासिक पत्रिका हिमालिनीद्वारा आयोजित ‘हिमालिनी हिन्दी संवर्धन सम्मान २०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम डीएभी सुशील केडिया विश्व भारती स्कूलको प्रतीक हलमा आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा भारतीय दूतावास, काठमाडौंका प्रथम सचिव (पीआईसी विंग) श्री वशिष्ठ नन्दन मुख्य अतिथि थिए भने विशिष्ट अतिथिका रूपमा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष श्री अनिल केडियाको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता हिमालिनीका प्रबन्ध निर्देशक ई. सच्चिदानन्दले गर्नुभयो।

कार्यक्रममा डीएभी, मोर्डन इन्डियन स्कूल, केन्द्रीय विद्यालय, राय स्कूल र द चाँदबाग स्कूलका कक्षा १० र १२ मा हिन्दी विषयमा ९० प्रतिशतभन्दा बढी अंक ल्याउने ४४ जना छात्रछात्राहरूलाई ‘हिन्दी संवर्धन सम्मान’ द्वारा सम्मानित गरिएको थियो।

यस्तै, ती विद्यालयका हिन्दी शिक्षकहरूलाई हिन्दी शिक्षामा योगदान, समर्पण र निरन्तर कर्मठताका लागि विशेष सम्मान दिइएको थियो। सम्मानित शिक्षकहरूमा डीएभीका श्री पुरुषोत्तम पोखरेल, मोर्डन इन्डियन स्कूलकी श्रीमती ऊषा शर्मा, केन्द्रीय विद्यालयका डा. आनन्द त्रिपाठी, राय स्कूलका श्री जटाशंकर झा र चाँदबाग स्कूलका श्री मुकेश झा रहेका छन्।

कार्यक्रममा विशिष्ट अतिथि श्री अनिल केडियाले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै भने, “हिन्दी भाषाको शिक्षा नपाउँदा हामी अपूर्ण हुन्छौं, किनभने यही भाषा हाम्रो संस्कृति र परम्परासँग जोड्ने सेतु हो।”

मुख्य अतिथि श्री वशिष्ठ नन्दनले हिन्दीको प्रशंसा गर्दै भन्नुभयो, “हिन्दी एक समृद्ध भाषा हो, जसले तपाईंको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।”

कार्यक्रममा मोर्डन इन्डियन स्कूलकी एकेडेमिक कोअर्डिनेटर श्रीमती विभा लाल, केन्द्रीय विद्यालयका प्रिन्सिपल मि. ए. जेराल्ड तथा भारतीय दूतावासका डा. धनेश द्विवेदीको गरिमामय उपस्थिति रहेको थियो। विद्यार्थीहरूसँगै आएका अभिभावकहरूको सहभागिताले कार्यक्रममा थप गरिमा थपिएको थियो।

कार्यक्रम सञ्चालनमा हिमालिनीका सम्पादक डा. श्वेता दीप्ति, कार्यकारी सम्पादक (अनलाइन) कञ्चना झा, सम्पादक (अनलाइन) अंशु झा, कम्प्युटर विभाग प्रमुख श्री लीलानाथ गौतम, मार्केटिङ प्रबन्धक श्री शोभानन्द झा, कार्यालय प्रमुख श्री राजनारायण यादव, सौम्या झा र एलिशा झाको उल्लेखनीय भूमिका रहेको थियो।

सम्मानित छात्रछात्राहरूको सूचीः

डीएभी स्कूलः जिया झा, अभिषेक अग्रवाल, वेदांशी केडिया, जिज्ञासा अग्रवाल, विदूश्री पारिक, अमन कृष्णा शाह, पीयूष करनानी, चिरायु पटेल, आशीष कुमार, शिवेन बैराठी, इषिका भण्डारी, आरव बेरीवाला, नैतिक रांका, नूर जमाल अहमद, सोनाली जाखड, नैतिक मोदी, अक्षत मिश्रा

केन्द्रीय विद्यालयः विनायक पाण्डेय, अन्ना घिमिरे, आर्या गौतम, द्विवतराज यादव, वैदेही खत्री, कृष शाह, माहि जायसवाल

द चाँदबाग स्कूलः अजिताभ कुमार, स्वस्तिका पाण्डेय, आरव रायमाझी, आदित्य झा, अश्लेष कंडेल

मोर्डन इन्डियन स्कूलः अमित बेरा, आरव पाण्डेय, अपर्णा सिंह, निष्ठा मस्करा, रिषा अग्रवाल, आस्था शर्मा, अनिकेत गोयल, शाएमा फातमा, अम्बिका सरावगी, महिमा अग्रवाल

राय स्कूलः अनमोल जायसवाल, सत्येन्द्र ठाकुर, अदीप शर्मा, साक्षी सिंह बघेल, अरित्र राय

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ