सामुदायिक विद्यालयका शिक्षकलाई प्रशिक्षक प्रशिक्षण

समाचार

कपिलवस्तु । प्रारम्भिक कक्षा शिक्षकको लागि पेशागत विकास सहयोग कार्यक्रम मार्फत सामुदायिक विद्यालयका शिक्षकहरुको क्षमता विकास गरिने भएको छ ।

शिक्षा विकास तथा समन्यव इकाइ कलिवस्तुको आयोजना र रुम टु रिड र पिस नेपालको सहयोगमा जिल्ला स्तरिय शिक्षा सरोकारवालाहरु सँग प्रारम्भिक बैठकमा उक्त जानकारी गराइएको हो ।

सरकारले निर्धारण गरेको आधारभूत तहको लागी एकिकृत पाठ्यक्रम सम्बन्धी विषयबस्तुलाई सहज रुपमा सामुदायिक विद्यालयमा संचालन गर्नको लागि यो कार्यक्रमले सहयोग गर्ने गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेयले बताए ।

साथै उनले तालिम पछि शिक्षकले विद्यालयमा तालिम बाट पाएका पेशागत सिप लाई व्यवाहरमा लगेर विद्यार्थीको पठन पाठनमा अभ्यास गरि सहयोग गर्नुपर्ने बताए ।

कपिलवस्तु जिल्लाको बुद्धभूमी, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा संचालनमा रहेको साक्षरता शिक्षा र वालिका शिक्षा कार्यक्रमको अलवा १० वटै पालिकमा प्रारम्भिक कक्षा शिक्षकको लागि पेशागत विकास सहयोग कार्यक्रम मार्फत ५ दिने र २ दिने गरि कस्टुमाइज तालिम दिइने रुम टु रिडका फिल्ड कार्याक्रम व्यवस्थापक दिनेश पोख्रेलले बताए ।

शिक्षहरुको पेशागत विकास गर्नको लागि प्रत्यक पालिका बाट ३,३ जना शिक्षकलाई स्रोत शिक्षकको रुपमा प्रशिक्षक प्रशिक्षण तालिम दिई पालिका स्तरमा सबै शिक्षकलाई तालिम दिने बातावरण निर्माण गर्ने पोखरेलले बताए ।

कार्यक्रममा रुम टु रिडका साक्षरता कार्यक्रम निर्देशक नेत्र दाहाल र कार्यक्रम व्यवस्थापक स्मीता नेपालले पालिका स्तरमा एकिकृत पाठ्यक्रम अनुसारको विषयबस्तुमा शिक्षकलाई तालिम दिएमा विद्यार्थीको सिकाई क्षमतामा सुधार आउने बताए ।

पालिकाका शिक्षा शाखा प्रमुखहरुले शिक्षा शाखामा जनशक्तिको कमी हुदां कक्षा अवलोकन तथा समयमा तालिम दिन नसकेको अवस्थामा यो कार्यक्रमले शिक्षकको क्षमता विकासमा सहयोग गर्ने बताए ।

शिक्षा विकास तथा समन्यव इकाइ कपिलवस्तुका प्रमुख लोकराज मरासिनीले कक्षाकोठामा गएर नै शिक्षकको मुल्याकंन तथा सुचकको आधारमा शिक्षकको कार्यदक्षता मुल्याकंन गरि वेला वेलामा पेशागत क्षमता विकास ताििलम र मुल्यांकन जस्ता कार्यलाई निरन्तरता दिनु पर्ने बताए ।

कार्यक्रम सामाजिक विकास डिभिजन कार्यालका प्रतिनिधी , पालिका शिक्षा शाखाका प्रमुखहरु लगायतको उपस्थती रहेको थियो । रुम टु रिडका अधिकृत बाबुराम पोखरेलको सहजिकरण र पिस नेपालका कार्यक्रम व्यवस्थापक योगेन्द्र बुढाको संचालनमा बैठक सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ