डा.मिनाक्षी ठाकुरबारे आएका समाचारप्रति लोसपाको गम्भीर ध्यानाकर्षण

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य डा.मिनाक्षी ठाकुरको नाम जोडिएर श्रम मन्त्रालयको गाडी उपहार दिइएको भन्ने समाचार केही सञ्चारमाध्यममा आएकोप्रति लोसपा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

लोसपा नेपालका महासचिव डा.सुरेन्द्र कुमार झाले केही अनलाइनमा आएका समाचार निराधार, कपोकल्पित, भ्रामक र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै सो समाचारको खण्डन गरेका छन् ।

‘केही अनलाइन सञ्चारमाध्यममा लोसपा नेपालका अध्यक्ष एवं पार्टीकी केन्द्रीय सदस्यलाई जोडेर गाडीसम्बन्धी समाचार सम्प्रेषण भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ मधेशवाणीसँग कुराकानी गर्दै उनले भने, ‘यी समाचारहरु कपोकल्पित, तथ्यहीन झुठो रहेका छन् ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कुनै पनि गाडी पार्टी अध्यक्ष महन्थ ठाकुर वा उनको छोरीको नाममा प्राप्त नगरेको उनले दाबीसमेत गरेका छन् । यस्ता किसिमका समाचार कसरी आयो भन्ने कुरामा लोसपा नेपालको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले यो समाचारबारे छानबिन गरिरहेको बताउँदै सत्यतथ्य पत्ता लगाइसकेपछि भ्रमपूर्ण र तथ्यहीन समाचार लेख्ने र लेखाउनेप्रति कानूनीरुपमा अगाडि बढ्ने जानकारी दिएका छन् । मन्त्रालयको गाडी हरायो र फेरि फेला प¥यो भन्ने विषयसँग पार्टी, पार्टी अध्यक्ष वा उनको छोरीसँग कुनै सरोकार नरहेको उनले बताएका छन् ।

उनले भने, ‘महन्थ ठाकुरजी निष्ठा र सादगीपूर्ण जीवन बिताउने नेताको रुपमा हुनु्हुन्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ