रिद्धि सिद्धि गणेश एवं पञ्चवाटिका पर्यटन महोत्सव मनाइयो

समाचार

सप्तरी । धार्मिक पर्यटन प्रवद्र्धनका लागि राजविराज नगरपालिका वडा नं. १३ विषहरिया टोलमा रिद्धि सिद्धि गणेश एवं पञ्चवाटिका पर्यटन महोत्सव भव्यरुपमा मनाइएको छ ।

नेपाल मधेश राष्ट्रिय फाउण्डेशनले धार्मिक पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको सहयोगमा सोमबार सो महोत्सव मनाइएको हो ।

ऐतिहासिक एवं धार्मिकस्थल जहाँ नेपालमा प्रथम रिद्धिसिद्धि गणेश मन्दिर भएको स्थान तथा भगवती, रामजानकी, बजरंगबली, महादेवहरुको मन्दिरसमेत रहेका छन् ।

यस ठाउँलाई पञ्चवाटिका पर्यटन क्षेत्रले प्रसिद्ध यस ठाउँको प्रचार प्रसार हेतु विभिन्न समयमा अनेकन कार्यक्रमहरु भइरहन्छन् ।

यस ठाउँको अझ बढी देश–विदेशमा पनि प्रचार प्रसार होस्, धार्मिक पर्यटकहरुको आवागमन एवं घुमफिरमा बढीभन्दा बढी मात्रामा बाह्य एवं आन्तरिक दर्शनार्थीहरुको उपस्थिति होस्, यो ठाउँ ओझेलमा नपरोस् भन्ने आशयका साथ महोत्सव भव्यरुपमा सम्पन्न भएको फाउण्डेशनका अध्यक्ष योगेन्द्र देवले बताएका छन् ।

फाउण्डेशनका अध्यक्ष योगेन्द्र देवको अध्यक्षतामा भएको कार्यक्रममा राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इशरत परवीणको प्रमुख अतिथि, वडा अध्यक्ष त्रिलोकीनाथ चौधरी लगायत विभिन्न गन्यमान्या व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ