राकेश यादव, रौतहट । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराममा निर्माण भएको खानेपानीको कम्पाउण्ड बालमा रकम अनियमित्ता भएको छ ।
संघीय सरकारको खानेपानी सरसफाई मन्त्रालयको ४० लाखको लागतमा श्री खानेपानी उपभोक्ता समितिले निर्माण गराएको कम्पाउण्ड बालमा रकम अनियमित्ता भएको हो ।
बौद्धिमाइ नगरपालिका वडा नम्बर १ बौधा निवासी प्रदेश सभा सदस्य आम जनता पार्टीका नेता मनोज यादवले पत्रकार सम्मेलन गरी उक्त खानेपानी आयोजनामा निर्माण गरिएको कम्पाउण्ड बालको रङ रोदन बाकी नै रहेको माटो पुर्ने काम अधुरो नै रहेको अवस्थामा रकम निकासा गरिएको बताएका छन्।
उपभोक्ता समितिको अध्यक्ष बिरचन राम संग गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी संजय सहनीले ६ लाखको चेक लिएको खुलासा समेत गरे।
निर्माण कार्यमा प्रयोग भएको निर्माण सामाग्री भन्दा बढीको बिल संजय सहनीले आफ्नो नाउमा लिएर अनियमित रुपमा रकम दिन उपभोक्ता समितिले दवाव दिने गरेको उल्लेख गरे। उनले भने रकम भुक्तानी दिने उपभोक्ता समितिको नाउमा बिल जारी हुनु पर्ने हो सम्बन्ध नै नभएको व्यक्तिको नाउमा बिल जारी गर्नु नियम बिपरित रहेको छ।
बजारमा एक सय रुपैयामा पाउने नारियलको डोरीको ९ सय रुपैया किलोको दरले बिल जारी गरिएकोले रकम दुरुपयोग गर्ने नियत प्रस्ट देखिएको जिकिर गरे।
कम्पाउण्ड बालको निर्माण कार्यमा खटेका मजदुरहरुको पारिश्रमिक समेत दिएको छैन। उपभोक्ता समितिको नाउमा सम्बन्धित निकायले ३५ लाख ८४ हजार रुपैया भुक्तानी दिएको बताउदै निर्माण कार्यमा भएको खर्च सार्वजनिक गर्न भन्दा सहनीले खर्च दिन आनाकानी गरिरहेको आरोप लगाए। सहनीले म माथि १० लाख ६३ हजार रकम लिएको आरोपमा कुनै सत्यता नरहेको दाबी समेत गरे। नेता यादवले कम्पाउण्ड बालको स्थलगत अनुगमन गर्न सम्बन्धित निकाय संग माग समेत गरे।
तपाईको प्रतिक्रिया