दुई किलोग्राम सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ

समाचार

काठमाडौं । दुई किलोग्राम सुन तथा नगद २४ लाख रूपैयाँ सहित २ जना चिनियाँ नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ ज्याँठा बस्ने चीन सिचुआन घर भएका ४६ वर्षीय चुन्लिन टान र २४ वर्षीया छुएमी जोउ रहेका छन् ।

चुन्लिन टान समेतका व्यक्तिहरूले भन्सार छली गरेको सुन नेपालमा ल्याई काठमाडौं महानगरपालिका–२६ ज्याँठास्थित जिउ डिङ युआन बिन गाउँ होटलमा बसी अवैध रूपमा कारोबार गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले होटलको ३०४ नम्बरको कोठा तलासी गर्दा बिस्कुट आकारमा रहेको उक्त परिमाणको सुन तथा नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ