रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि : कोष

समाचार

काठमाडौं । सामाजिक सुरक्षा कोषले रोजगारदाता र योगदानकर्ताको सूचीकरणमा र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कोषका प्रवक्ता कृष्ण अधिकारीले आ.व. २०८१÷८२मा कुल रोजगारदाता सूचीकरण संख्या २०,९५१ पुगेको बताउनुभयो । उहाँले कुल योगदानकर्ता श्रमिकको संख्या यस आ.व. २०८१÷८२ मा थप ८ लाख ८२ हजार ९४६ ले वृद्धि भई कुल २३ लाख ७४ हजार ४८६ पुगेको जानकारी दिनुभयो । जसमध्ये औपचारिक तर्फ ६ लाख ०१ ह्जार ८२५, वैदेशिक क्षेत्र तर्फ १७ लाख ७१ ह्जार ५३७, अनौपचारिक र स्वरोजगार क्षेत्र तर्फका श्रमिक ११२४ संख्या रहेको छ । आ. व. २०८१÷८२ मा थप २५ अर्व ३६ करोड रुपैयाँ योगदान रकम संकलन सहित कूल योगदान रकम संकलन ८३ अर्व ६५ करोड पुगेको कोषद्वारा जारी प्रस विज्ञप्तिमा समेत उल्लेख रहेको छ ।

प्रवक्ताद्वरा जारी विज्ञप्तिा उल्लेख भएअनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध भई नियमित योगदान गरेका योगदानकर्ताहरुलाई कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजनाहरुको उपयोग गरे बापत भुक्तानी गर्दै आईरहेको छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरर्गत १ लाख १० हजार ६९६ योगदानकर्तालाई २ अर्व १५ करोड, दुर्घटना तथा अशक्तता सुरक्षा योजना ५,९३३ योगदानकर्तालाई २० करोड त्यस्तै आश्रित परिवार सुरक्षा योजना अन्तरर्गत ७ सय ४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजना अन्तरगत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्व १३ करोड भुक्तानी भएको जानकारी उल्लेख छ ।

आ.व. २०८१÷८२ मा थप ३ लाख ६२ हजार वटा दाबि भुक्तानी मार्फत ५ अर्व ८७ करोड रकम सहित कुल ७ लाख ५६ हजार वटा दाबि भुक्तानी मार्फत हालसम्म कुल १५ अर्व ७५ करोड रुपैयाँ रकम भुक्तानी गरिएको जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।

योगदानकर्ता सापटी अन्तरर्गत विशेष सापटी ३४ हजार २० योगदानकर्तालाई ६ अर्व ९० करोड, घर सापटी ६७ योगदानकर्तालाई १३ करोड र शैक्षिक सापटि १० योगदानकर्तालाई १ करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई ७ अर्व ४ करोड भुक्तानी भएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोषको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन यसै आ.व. २०८१÷८२ मा थप २४ वटा सहित कूल १०७ वटा स्वास्थ्य संस्थासंग स्वचालित प्रणाली जडान भई सेवा प्रवाह भइरहेको छ । वैदेशिक रोजगारी र स्वरोजगारीमा रहेका व्यक्तिहरुको कोषमा योगदान रकम संकलन कार्यलाई थप सहज बनाउन १२ वटा वित्तीय संस्थासंग आवश्यक सहकार्यको लागि सम्झौता गरिएको कोषले जनाएको छ ।

औपचारिक क्षेत्रका श्रमिकहरुको लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधिको संशोधन स्वीकृत भई योगदानकर्ताको परिवारमा स्वास्थ्य सेवा विस्तार भई यसै आर्थिक वर्षमा कार्यान्वयनमा आईसकेको छ । भने आज भन्दा ५ वर्ष अगाडी योगदानकर्तामा मात्र सिमित रहेको स्वास्थ्य उपचार सेवा आज योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको र औषधी उपचारको १ लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने भएमा १० लाख सम्मको उपचार खर्च ५० प्रतिशत सहभुक्तानी सुविधा समेत कोषले उपलब्ध गराउने गरी सुविधा विस्तार भइसकेको जारी विज्ञप्तिमा उल्लेख छ । अबको करिव चार वर्ष कोषमा आवद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोष मार्फत राज्यको हुने गरी काम भइरहेको छ ।

त्यस्तै विज्ञप्तिमा उल्लखे भएअनुसार मानविय पुँजीको महत्वपूर्ण पाटो जनसांख्यिकीय लाभलाई अधिकत्तम उपयोग गर्ने गरी काम गर्ने उमेर सम्म काम गर्ने र कमाईको केहि हिस्सा मासिक रुपमा कट्टा गरी राज्यको संयन्त्र सामाजिक सुरक्षा कोषमा जम्मा गरेपछि मनोविज्ञान विकास मार्फत नयाँ पुस्तामा राज्य प्रतिको अपनत्वमा भावना अभिवृद्धि हुने गरी कोषका हरेक रणनीतिहरु केन्द्रित छन । भने अर्कोतिर कोष आन्तरिक पुँजी परिचालनको महत्वपुर्ण माध्यम हुने गरी राज्यको पुर्वाधार निर्माणमा कोषको रकम उपयोग हुन सक्ने गरी नीतिगत आधारहरु तयार गरिरहेको उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ