काठमाडौं । मधेशी एकता समाजका अन्तर्राष्ट्रिय वरिष्ठ उपाध्यक्ष एवं फिनल्याण्डको सवोनिया युनिवर्सिटीका प्राध्यापक डा.राजीव कुमार कण्ठलाई मातृशोक परेको छ ।
सप्तरी जिल्लाको राजविराज–३ निवासी प्रा.डा.कण्ठकी आमा शान्ति देवी कण्ठ कायस्थको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको थियो ।
समाजका संस्थापक डा.रवीन्द्र कुमार यादवले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया