‘२ बिगहा जग्गाको प्रावधान हटाउनु पर्छ’

समाचार

राकेश यादव, रौतहट । जिल्लाका किसानहरुले कृषि योग्य खेती सिंचाइ गर्नका लागि वितरण गरिने स्यालो ट्युबेल तथा मोटर वितरणका लागि राखिएको २ बिगहा जग्गाको प्राबधान संशोधन गर्नुपर्ने माग गरेका छन् ।

२ बिगाहा जग्गा सिचाईको लागि हुनु पर्ने गरिएको व्यवस्थाले सामान्य परिवारका किसानहरू बन्चित हुने भएकोले संसोधनको माग उठ्न थालेको हो ।

सुखा खडेरी परेको बेला जिल्ला कृषि ज्ञान केन्द्र रौतहटले सुचना जारी गरे पछि यस्तो अवाज उठिएको छ। राजदेवी नगरपालिका वडा नम्बर ७ का विजय यादवले मधेश प्रदेश सरकारले भूमिगत सिचाई व्यवस्थापनको लागि दिन लागेको अनुदानको स्यालो ट्युबेलबाट सम्पन्न किसान बढी लाभान्वित हुने बताएका छन् । २ बिगाहा जग्गा हुने भएकोले सो सुबिधा पाउने निश्चित भएकोले वास्तविक किसान बन्चित हुने उनको तर्क रहेको छ ।

अर्का किसान बिजेश्वर यादवले भने हामी संग १० कट्ठा जग्गा भएकोले त्यो सुबिधा पाउन सकिदैन सुधार गर्नु पर्छ । २ बिगाहासम्मको जग्गा हुनु पर्ने व्यवस्था गरिएमा सामान्य परिवारका किसानले सुबिधा पाउन सकिने उनको भनाइ रहेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रले साउन १३ मा सर्वजनिक गरेको ७ दिने सुचनामा स्यालो ट्युबेल जडान तथा मोटर वितरण कार्यक्रमको लागि इच्छुक किसानले २ बिगहा जग्गाको लालपुर्जा पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।

प्रत्येक वर्ष वितरण हुँदै आएको स्यालो ट्युबेल सम्पन्न किसानले पाउने गरेको हुँदा यसपालि पनि गत वर्ष लिएकाहरुले पुनः लिने आशंका सर्वसाधारणको रहेको छ ।

ज्ञान केन्द्रका प्रमुखको मिलोमतोमा अनियमित्ता हुने गरेकोले वास्तविक किसानले लाभ लिनु पर्ने जोड स्थानीय किसान बिनोद यादवको रहेको छ।

पार्टी, मन्त्रिको कार्यकर्ताले बढी फाइदा लिएको बिगतको कार्य शैली रहेकोले यस बर्षमा त्यस्तो नहोस भने निगरानी गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रौतहट जिल्ला सदस्य बिक्रान्त बिक्रम नेपालले सरकारको नीतिगत भ्रस्टाचारको आधार रहेको टिप्पणी गरेका छन् । उनले धनि किसानलाइ नै सुबिधा दिने र गरिव किसानलाइ बन्चित गर्ने नीति अनुरुप २ बिगहा जग्गाको प्राबधान राखिएको आरोप लगाउदै सबैले पाउने गरि व्यवस्था गर्न समेत माग गरे ।

नेपाली कांग्रेस, नेकपा एमालेको सरकारले नीतिगत भ्रस्टाचार गर्ने दाउमा सधै रहने गरेकोले वास्तविक किसान पिडामा पर्नु स्वाभाविक हुने कटाक्ष गरे ।

कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मधेश प्रदेश सरकारका प्रवकता डाक्टर सरोज चौधरीले २ बिगाहा जग्गा सिचाई हुन सक्ने उदेश्यले नै यो प्राबधान गरिएको बताए। उहाले एक जना किसानको त्यति जग्गा नपुगेमा अन्य किसानको जग्गा धनि प्रमाण पुर्जा राख्न सकिने बताए। संसोधन गर्न सकिने कि भने प्रश्नको जवावमा उनले कम जग्गाको प्राबधान गरे आपूर्ति गर्न नसकिने बताए।

अहिले मधेशमा संकटको अवस्था उत्पन भएकोले तत्काल राहतको लागि डिप बोरिङ्ग र स्यालो ट्युबेल जडान कार्य अगाडी बढाइएको जनाए। उनले दोहरिएको खण्डमा अनुगमन समेत गरि कार्यवाही गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ