काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले केन्द्रीय पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी एवं सदस्य चयन गरेको छ ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले ३१ सदस्यीय केन्द्रीय पदाधिकारी र केन्द्रीय अनुशासन समिति, केन्द्रीय निर्वाचन समिति, केन्द्रीय लेखा परीक्षण समिति र केन्द्रीय विज्ञ समितिका अध्यक्ष एवं सदस्यहरु चयन गरेका छन् ।
केन्द्रीय पदाधिकारीहरुमा अध्यक्ष महतो, तीन वरिष्ठ उपाध्यक्षमा कमला कुमारी गुरुङ, रामनरेश राय यादव र सुमन सायमी रहेका छन् । यस्तै, उपाध्यक्षमा कौशल कुमार सिंह, डा.राजीव झा, राजेन्द्र प्रसाद पाठक र ओमप्रकाश यादव, महासचिवमा केशव कुमार झा, मिङमार तामाङ, रमेश योङहाङ, सन्तोष कुमार मेहता र अनिल महासेठ चयन भएका हुन् ।
यसैगरी, कोषाध्यक्षमा नरेन्द्र बज्राचार्य, प्रवक्ताद्वयमा रवीन्द्र कुमार श्रेष्ठ र रमण कुमार पाण्डेय चयन भएका छन् ।
त्यसैगरी, सात जना सहमहासचिव, एक सहकोषाध्यक्ष र सात सचिव चयन भएको अध्यक्ष महतोले विज्ञप्तिमार्फत जनाएका छन् ।
तपाईको प्रतिक्रिया