काठमाडौं । विश्वव्यापी मानव अधिकार संरक्षण मञ्चले नेपालका अभियन्ताहरुलाई सम्मान गरेको छ ।
मञ्चले भारतको नयाँ दिल्लीमा गरेको सेमिनार तथा पुरस्कार वितरण समारोहमा मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न विधाका सक्रिय नौ अभियन्तालाई सम्मान गरेको छ ।
‘बुद्ध र उनको धम्म अम्बेडकरको अन्तिम कृति’ विषयक सेमिनारमा मधेश प्रदेशको सामाजिक अभियानमा विभिन्न क्षेत्रबाट सक्रिय ८ जना सम्मानित भएका हुन् । एकजना उदयपुरका सम्मानित भएका छन् ।
सप्तरीकी सुनिता कुमारी साह, रौतहटका मुकेश कुमार साह, सप्तरीकै अन्वर अली, उदयपुरका प्रदीप गिरी, पर्साका ध्रुब कुमार साह, सर्लाहीका डा. नवल किशोर साह, सप्तरीकै नेत्रविक्रम साह र कामेश्वर साह तथा सर्लाहीकी सुनिता कलवार सम्मानित भएका हुन् ।
कार्यक्रममा मञ्चका संस्थापक सहअध्यक्ष महानन्द सरकार दत्त, कार्यकारी अध्यक्ष काशीराम गोविन्द पैठणे, उत्तराखण्डका सामाजिक कार्यकर्ता जयपाल सिंह, नेपालबाट तराई मधेस महिला फाउन्डेशन नेपालकि अध्यक्ष सुनिता साहले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम अधिवक्ता डा. विजय कुमार कस्तुरेले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया