रुपन्देही । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीको सियारीमा वर्तमान अवस्था बारे, “जनजागरण अभियान“ कार्यक्रम नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा मोर्चाका शीर्ष नेताहरुले मन्तव्य राखेका थिए ।
मोर्चाका नेता राजेन्द्र महतो, हृदयेश त्रिपाठी, रेशम चौधरी, वृषेश चन्द्र लाल, राम कुमार शर्मा, सन्तोष पाण्डेय, केशव झा, डा. शिवजी यादव, ओमप्रकाश यादव लगायतले मन्तव्य राखेका छन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अहिलेको सत्ता गठबन्धन अप्राकृतिक रहेको र देशलाई लुट्न र पाप लुकाउनलाई बनाएको बताए। यो काण्डै काण्ड वाला सरकार हो। रुपन्देही ३ मा हुने चुनाव केवल चुनाव होइन ०८४ को चुनावमा हामी सकिने कि बाँच्ने त्यस्को टेष्ट रहेको बताए। अधिकार र पहिचानको लागि उत्पीडित र विभेदमा परेका जनता यो देशमा सधैं गुलाम रह्ने कि मालिक बन्ने त्यस्को परिक्षावाला चुनाव हुने बताए।
कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश हाम्रो भएपनि राज्यसत्ता हाम्रो हुन सकेन बताए। चुरे वन विनाश हुने खालको कानुन बनाए बिद्रोह हुने बताए। चुरेको विनाश भनेको सभ्यताको विनाश हो भने।
कार्यक्रममा बोल्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेशीहरुले थारुलाई विश्वास गरेर गुन लगाएको बताए। त्यसकारण यसपालिको उपनिर्वाचन खेलाची नभएको बताए हामी जसरी पनि जित्नै पर्ने बताए।
कार्यक्रमा बोल्दै तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले यथाशीघ्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने बताए।
कार्यक्रमा बोल्दै जसपा नेपालका महासचिव राम कुमार शर्माले मधेश जनबिद्रोहको कारण भुल्न नहुने बताए। हामी सबै उत्पीडित नमिलि हाम्रो मुक्ति सम्भव नहुने बताए ।
कार्यक्रममा बोल्दै लोसपाका नेता तथा प्रदेश मन्त्री सन्तोष पाण्डेले मोर्चाको साझा उम्मेदवारलाई जिताई छाड्ने प्रतिबद्धता व्यक्त गरे।
संघीय लोकतान्त्रिक मोर्चाले देशभर आठ स्थानमा जनजागरण अभियान घोषणा गरेको छ।
तपाईको प्रतिक्रिया