जनमतका निलम्बित उपाध्यक्ष साह साधारण सदस्यसमेत नरहने गरी निष्काशित

समाचार

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका निलम्बित उपाध्यक्ष ई.दीपक कुमार साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको छ ।

ई.साहलाई पार्टी हितविपरीत कार्य गरेको भन्दै जनमत पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो ।

जनमतले उनलाई २०८१।११।२१ गते केन्द्रीय अनुशासन समितिबाट ११ बुँदे स्पष्टीकरण माग गरेको थियो । सो स्पष्टीकरणको जवाफ उनले फागुन २७ गते दिएका थिए ।

स्पष्टीकरण चित्त बुझ्दो नभएको र अनुशासन उल्लंघनको गतिविधि निरन्तर कायम नै राखेको भनेर २०८१।१२।१४ मा १४ बुँदे सुधारको सुझावसहित ६ महिनाका लागि पार्टीको सम्पूर्ण पदबाट निलम्बन गरिएको थियो ।

तत्पश्चात् पनि कुनै सुधार देखाउनुको साटो पार्टीको विधानविपरीत पार्टीविरोधी निरन्तर संलन रहेको भन्दै जनमत पार्टीले ई.साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ