मधेश प्रदेशको खानेपानी संकट समाधानका लागि भारतका विज्ञ टोलीसँग छलफल

समाचार

काठमाडौं । मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि भारत सरकारका विज्ञ टोलीहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको विशेष निमन्त्रणामा नेपाल आएको भारतीय विज्ञ टोलीसँग मधेश प्रदेशमा देखा परेको खानेपानी संकट र यसको दीर्घकालीन समाधानका विषयमा सोमबार सिंहदरबारमा गहन छलफल भएको जनाइएको छ ।

उक्त भोलि मंगलबारदेखि तराई–मधेशका संकटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिने मन्त्री यादवले जनाएका छन् ।

खानेपानीको संकट सबैभन्दा तीव्र रूपमा वीरगंज महानगरपालिकामा देखिएको छ भने बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेका छन्।

नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको उनले जनाए ।

भारत सरकार जलशक्ति मन्त्रालयसँग केही महिना अघि हस्ताक्षर भएको समझदारी पत्रको फलस्वरूप सहकार्य सम्भव भएको मन्त्री यादवले बताए । यसले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास मन्त्री यादवले व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ