काठमाडौँ । तत्कालीन सद्भावना पार्टीका नेता देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।
महोत्तरी निवासी नेता यादव राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा २०६४ मा आबद्ध भएका भएका थिए । पछि राजपा नेपाल बनेपछि उनी सो पार्टीमा पनि महासचिव भएका थिए ।
२०७४ को चुनावमा राजपा नेपालले यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेर पराजित भएका थिए । चुनावमा पराजित भएपछि उनी राजनीतिमा निष्क्रिय थिए ।
तपाईको प्रतिक्रिया