काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता उन्मुख कार्यगत एकता घोषणा भएको छ ।
बिहीबार काठमाडौंमा घोषणासभामा सम्बोधन गर्दै रामुपाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल नश्लीय शासन प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था सबै नागरिकको बन्न नसकेको टिप्पणी गरेका छन् ।
उनले यस्तो टिप्पणी गरेका हुन्। उनले लोकतन्त्र स्थापन भएको ३५ वर्ष पुग्दा समेत नागरिकले आफ्नो अधिकार पाउन नसकेको बताए । अध्यक्ष महतोले लोकतन्त्रमा समेत शासनको चरित्र एकल नश्लीय हुँदा जनताले अधिकारको प्रत्याभूति गर्न नसकेको टिप्पणी गरे ।
उनले अहिलेका शिर्ष तीन नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालमा समेत एकल नश्लीय शासन प्रवृत्ति हाबी भएको आरोप लगाए ।
उनले मुलुकमा लामो समयदेखि उत्पिडन व्याप्त रहेको भन्दै मुलुकले क्रान्ति खोजिरहेको टिप्पणी गरे । उनले सातवटा संविधान निर्माण हुँदापनि एउटै संविधान जनाताको बन्न नसकेको टिप्पणी गरे ।
तपाईको प्रतिक्रिया