नेपाल–भारत कायस्थ एकताको सन्देशसहित डा. दत्तको गुजरात यात्रा

समाचार

काठमाडौं । मधेशी आयोगका प्रथम निवर्तमान अध्यक्ष डा. विजयकुमार दत्तलाई भारत भ्रमणको क्रममा गुजरातको बडोदरा सहरमा भव्य स्वागत गरिएको छ। हाल भारत भ्रमणमा रहेका डा. दत्त विशेष रूपमा गुजरातमा रहेका कायस्थ समुदायका सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका हुन्।

गुजरात भ्रमणको अवसरमा उनलाई गुजरात संसदका पूर्व सांसद मनुभाई श्रीवास्तव, अखिल भारतीय कायस्थ महासभाका राष्ट्रिय महासचिव डा. कृष्ण कुमार श्रीवास्तव, कायस्थ महिला समाजकी अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक अभियन्ता तथा गुजरातका चर्चित व्यापारीहरूले फूलमाला र सम्मानपत्रसहित आतिथ्यपूर्ण स्वागत गरेका थिए।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व अध्यक्ष डा. दत्तले कायस्थ समाजलाई आपसी एकता र सहयोगको भावनामा जोड दिँदै, “कायस्थको उत्थानका लागि एकजुट भई संगठित रूपमा अगाडि बढ्न आवश्यक छ,” भन्ने आव्हान गरेका छन्। उनले नेपाल, भारत र विश्वभर छरिएका कायस्थ समुदायका सदस्यहरूलाई समस्याको बेला एक– अर्कालाई सहयोग गर्ने परम्परा कायम राख्न आग्रह गरेका छन्।

गुजरात बसाइका क्रममा डा. दत्तले विश्वकै अग्लो प्रतिमा ‘क्तबतगभ या ग्लष्तथ’ र ऐतिहासिक तथा धार्मिक महत्त्वको कुबेर मन्दिरको समेत अवलोकन गरेका छन्। साथै, उनले गुजरातमा बसेका नेपाली समुदायका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्दै नेपाल– भारतबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

डा.दत्तको सचिवालयको अनुसार, डा. दत्तको यो भ्रमणले नेपाल र भारतका कायस्थ समुदायबीचको आपसी समझदारी र सहकार्यको वातावरणलाई अझ सुदृढ गर्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ