व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरु सम्मानित

समाचार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने सातै प्रदेशबाट सात प्रतिष्ठानहरु सम्मान गरेको छ ।

श्रम मन्त्रालयमा शुक्रबार आयोजित सम्मान कार्यक्रममा प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरुलाई मन्त्री शरत्सिंह भण्डारी र सचिव डा.कृष्णहरि पुष्करले सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरेका हुन् ।

सम्मानित हुने प्रतिष्ठानहरुमा कोशी प्रदेशबाट बुट्टाबारी टी प्रोसेसिङ्ग लि., मधेश प्रदेशबाट डाबर नेपाल प्रा.लि., बागमती प्रगदेशबाट वरुण वेभरेज नेपाल प्रा.लि., गण्डकी प्रदेशबाट गोर्खा ब्रुअरी प्रा.लि., लुम्बिनी प्रदेशबाट विजय डिस्टिलरी प्रा.लि., कर्णाली प्रदेशबाट शुभ होटल प्रा.लि. र सुदूरपश्चिम प्रदेशबाट महाकाली सुगर ई.प्रा.लि. रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ