काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ – आर अन्तर्गतको लायन्स क्लब ओफ काठमाडौँ मिथिला सिटीले Charter Presentation, Induction , Instillation 11th Charter Anniversary & Award Ceremony Program गत बुधबार काठमाडौँमा भव्य, मर्यादित र प्रेरणादायी रूपमा सम्पन्न भएको छ।
कार्यक्रम लायन्स क्लब ओफ काठमाडौँ मिथिला सिटीको अध्यछ लायन आनन्द कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा Former Minister of Education, Science, Technology, Health, Population Member of Constituent Assembly and Founding chairman Adharshila प्रमुख गिरीराजमणि पोखरेल अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५–आरका गर्भनर लायन नवराज सापकोटा विशेष अतिथि रहेका थिए । पुर्व मल्टिपल काउन्सिल चेयरपर्सन लायन उदय कान्त झा अतिथिलाइ बिशेस सम्मान गरियो । चार्टर मेम्बेर्हरुलाई पनि सम्मान गरियो । कार्यक्रममा मैथिली लोक गायक रवि राज शाहको जोडदार प्रस्तुति रहियो ।
कार्यक्रममा निबर्तमान गर्भनर लायन दिननाथ न्यौपाने, 1st VDG Lion प्रभाकर पण्डित, 2nd VDG Lion दिपेन्द्र खतिवडा, पूर्व गर्भनरहरू लायन राजुमार श्रेष्ठ , लायन सिद्धार्थ लाल चुके,लायन डि के ढुगाना , लायन आर.एस. महतोको उपस्थिति थियो।
त्यस्तै गरी, क्याबिनेटका कोषाध्यक्ष लायन विकास पौडेल, साथै वरिष्ठ पदाधिकारी लायन जगन्नाथ पुडासैनी, क्लस्टरका प्रमुख लायन रमेश कुमार पुडासैनी, जोन तथा अफिसरहरू, क्लब अध्यक्षहरू लगायत लायन्स क्लब ओफ काठमाडौँ मिथिला सिटीका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन लायन डा राम कुमार मण्डल तथा व्यवस्थापन लायन राघवेन्द्र सिंहको नेतृत्वमा गरेका थिए। कार्यक्रम ऐतिहासिक, सफल, स्मरणीय र उदाहरणीय बन्न सकेको लायन्स क्लब ओफ काठमाडौँ मिथिला सिटीको अध्यछ लायन आनन्द कुमार मण्डलले जनाएको छ।
तपाईको प्रतिक्रिया