राकेश यादव, रौतहट । जनता समाजबादी पार्टी नेपालका कार्यकर्ताहरुले मंगलवार सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेका छन्।
सोमबार सर्बोच्च अदालतले १९ बर्ष पुरानो गौर घटनाको अनुसन्धान गर्नु भनि दिएको परमादेशको आदेश पछि जनता समाजबादी पार्टीका कार्यकर्ताहरुले ठाउ ठाउमा सोमबार बेलुकी देखि नै बिरोध प्रदर्शन शुरु गरेका हुन।
जनता समाजबादी जिल्ला कार्य समितिको आयोजनामा बिरोध प्रदर्शन भएको हो। पार्टी कार्यालय मधेसी क्रान्ति चौक देखि निस्केको बिरोध रैली सरकार बिरुद्ध चर्को नारावाजी गर्दै नगर परिक्रमा गरि जिल्ला अदालत अगाडी कोन सभामा परिणत भएका थिए।
जिल्ला अध्यक्ष राजिव रंजन भन्ने राजु यादवको अध्यक्षतामा भएको सो सभामा सम्बोधन गर्दै मधेश प्रदेश सरकारका पुर्ब कृषि राज्यमन्त्रि योगेन्द्र यादवले २०६३ चैत्र ७ गते भएको घटना राजनीतिक विषयको घटना भएकोले खारेज गर्नु पर्ने माग गरे।
सर्बोच्च अदालतको आदेशको सम्मान गर्ने भन्दै अधिकारको लागि भई रहेको आन्दोलनको बेला बल प्रयोग गरि गौर राइस मिलको मैदानमा केहि माओवादी नेताको इशारामा कार्यक्रम गर्न खोज्दा मधेशी जनाधिकार फोरम नेपाल र माओवादी कार्यकर्ता बीच झड़प भएको उल्लेख गरे।
जसपाका केन्द्रिय सदस्य समेत रहेका यादव जिल्लामा कुस्ती खिलाडी उपेन्द्र दास बैरागी, शिक्षक सुनिल यादव, हिन्दुबादी नेता काशीनाथ तिवारीको हत्याको बिषयमा त्यो नेताले किन अवाज उठाएन भनि प्रश्न गरे।
हत्या गरिएका व्यक्ति हत्यारा पत्ता लगाउने विषयमा अवाज उठाउन आग्रह गरे। उनले उनिहरुको हत्यामा ति नेता आफै शंकाको घेरामा रहेको जिकिर समेत गरे।
गौर घटना पछि गठन गरिएको नेकपा माओबादीका छानबिन समितिको प्रतिबेदन, लाल आयोको प्रतिबेदन, खिलराज रेग्मीको प्रतिबेदन, राष्ट्रिय मानव अधिकार आयोको प्रतिबेदन सार्बजनिक गर्न सरकार संग माग गरे।
गौर घटना राजनीतिक घटना भएकले खारिज गर्नु पर्न माग गर्दै खारेज नगरिए मधेशमा ठुलो जनबिद्रोह हुने चेतावनी दिए।
आम जनता पार्टीका नेता अमर साहले दिएको रिटमा सर्बोच्च अदालतले जाहेरी अनुसारको अनुसन्धान गर्न परमादेश दिएका छन्। तत्कालिन नेकपा माओवादीका बर्गीय संगठन मधेशी मुक्ति मोर्चाका महासचिव प्रभु साह र जनसरकार प्रमुख बिन्देश्वर यादवले एक हप्ता पूर्व घोषित मधेशी जनाधिकार फोरम नेपालको आम सभा हुने ठाउ गौर राइस मिलको मैदानमा स्टेज लगाई कार्यक्रम गर्न खोज्दा दुवै बीच झड़प हुदा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।
स्थानीय प्रशासनले माओबादीलाइ सो ठाउमा कार्यक्रम गर्न अनुमति नदिएको अवस्थामा वल पुर्वक द्वन्द्ध गर्ने उदेश्यले स्टेज बनाएको र फोरमको कार्यक्रम चली रहदा माओबादी कार्यकर्ताले आक्रमण गर्दा विवाद भएको र झड़पको अवस्था सृजना गराउने महासचिव साह र जनसरकार प्रमुख यादव नै रहेको मानव अधिकार आयोग र नेकपा माओवादीका आन्तरिक छानबिन समितिमा उल्लेख रहेको जिल्ला अध्यक्ष राजिव रंजन यादवले दाबी गरे।
गौर घटनामा नेकपा एमालेका रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता,नेकपा एमालेका नेता पुर्ब संबिधान सभा सदस्य बबन कुमार सिंह, पूर्व प्रदेश सांसद राम किशोर यादव, बाबुलाल साह कानु, नेकपा एसका नेता गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, नेकपा माओवादीका नेता एवम् दुर्गा भगवती गाउपालिकाका अध्यक्ष शम्भु सिंह, नेपाली कांग्रेसका जिल्ला सचिब रामचन्द्र गिरि, पूर्व वडा अध्यक्ष शंकर राय यादव, भाग्य नारायण साह सहित ११३ जना आरोपित बनाईएको छ।
तपाईको प्रतिक्रिया