रामुपाका प्रवक्ताद्वय श्रेष्ठ र पाण्डेयद्वारा नेपाली र हिन्दी दुवै भाषामा पार्टीको विज्ञप्ति जारी

समाचार

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय प्रवक्ताद्वय रवीन्दू कुमार श्रेष्ठ र हिन्दी भाषा अभियानी रमन पाण्डेयले पार्टीको आधिकारिक निर्णयहरु नेपाली र हिन्दी दुवै भाषामा सार्वजनिक गरेका छन् ।

रामुपाको केन्द्रीय कार्यकारिणी समितिको सातदिने बैठकको निर्णयहरु बहुल भाषाको नीतिलाई अंगीकार गरी प्रवक्ताद्वय श्रेष्ठले नेपाली र पाण्डेयले हिन्दी भाषामा विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।

रामुपाको प्रथम केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी बैठक श्रावण ३१ गतेदेखि भाद्र ६ गतेसम्म सम्पन्न भई पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा समाप्त भएको बैठकले महत्वपूर्ण राजनीतिक, संगठनात्मक र रणनीतिक निर्णयहरू सार्वजनिक गरेको छ ।

बैठकले नेपालको वर्तमान अवस्था “गहिरो संकट, सांस्कृतिक विघटन र आर्थिक दिवालियापन” भएको ठहर गर्दै २०७२ को संविधानले मधेशी, थारू, आदिवासी, मुस्लिम, दलित लगायत समुदायलाई राज्यबाट बहिष्कृत गरेको आरोप लगाएको हो ।

पार्टीले २०८२ सालमै राष्ट्रव्यापी जनआन्दोलन सुरु गर्ने घोषणासमेत गरेको छ । पार्टी महासचिव सन्तोष मेहताले आफुहरु आन्दोलनको पुर्वाधार निर्माणको निम्ति अभियान चलाउने समेत बताएका छन् ।

हालै जसपा अध्यक्ष उपेन्द्र यादव माथी गौर घटनामा अनुसंधान गरिने निर्णय तर्फ संकेत गर्दै विज्ञप्तिमा लेखिएको छ, उत्पीडÞित समुदाय को अगुवा नेताहरु नेक्रोपॉलिटिक्सको शिकार हुनु परेको छ । यसो गर्न अदालत–कानून, मीडिया, घृणा–भाष्य, अफवाह र भीड़ हिंसा जस्तो माध्यम द्वारा योजनाबद्ध ढंगले अगुवाहरुलाइ सिध्याउने प्रयासका अनेक उदाहरण छन् ।

निर्णयमा पार्टीले सबै उत्पीडित समुदायलाई एकताबद्ध गर्दै बहु–राष्ट्रीय राज्य निर्माण को एजेन्डा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

बैठकले हालैका बाढी–पहिरो र तराई–मधेशमा सूखाग्रस्त अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत, दीर्घकालीन समाधान र कृषकलाई मलखाद उपलब्ध गराउन सरकारसँग माग गरेको छ। साथै, मुकुम्लुङ केबलकार निर्माण रोक्ने र सप्तरीको बिटौरी जमिन विवाद तत्काल समाधान गर्ने प्रस्ताव पनि पारित भयो।

संगठनात्मक पक्षमा पार्टीले, संगठन–संघर्षको कार्यविधि, ग्राम गणतन्त्र, आर्थिक रूपान्तरण, विशेष ब्यूरो कार्ययोजना, प्रवासी संगठनलगायत निर्देशिका पारित गरेको छ।

पार्टीले हालै जनता समाजवादी पार्टीसँग भएको कार्यगत एकतालाई अनुमोदन गर्दै संयुक्त कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै, काठमांडूमा बसोबास गर्ने मधेशीहरूको सम्मान र संगठनका लागि “स्वनिगः मधेश समन्वय समिति” गठन गर्ने निर्णय भएको छ। यसको जिम्मेवारी कौसल सिंह, कौशलेन्द्र मिश्र र रामप्रवेश साहलाई दिएको छ ।

बैठकले २०८२ भाद्र ८ गतेदेखि असोज २२ गतेसम्म देशव्यापी संगठन विस्तार अभियान चलाउने घोषणा गरेको छ। यस अभियानमा विभिन्न जिल्लामा प्रभारी र सह–प्रभारी तोकिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ