आगामी दिनमा लोसपा अझ मजबुतीका साथ अगाडि बढ्छ : महासचिव मिश्र

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चौथों वार्षिकोत्सवको अवसरमा महासचिव मनिष मिश्रले शुभकामना व्यक्त गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै महासचिव मिश्रले पार्टीको सैद्धान्तिक आधारहरु संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशिताप्रति नेतृत्वपंक्ति दृढ रहेको बताएका छन् ।

उनले भने, ‘हामी पार्टीको सैद्धान्तिक आधारहरुप्रति दृढ छौं र आगामी दिनमा अझ मजबुतीका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।’

लोसपाका सम्पूर्ण नेता कार्यकर्ता, आम जनसमुदाय र शुभेक्छुकहरुलाई बधाई दिँदै आगामी दिनमा पार्टीले अझ सुदृढ र संगठित हुने जनाएका छन् ।

लोसपा एउटा राजनीतिक पार्टी मात्र नभई आन्दोलनको स्वरुप रहेको उनले बताएका छन् । ‘शोषित, पीडित र उपेक्षित जनताको अधिकार र पहिचानका लागि संघर्ष गर्दै आएको छ र आगामी दिनमा अझ प्रखररुपमा प्रस्तुत हुनेछ,’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ