काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले स्वराज आन्दोलनका शहीद राममनोहर यादवको सम्झनामा ८औं श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ ।
जनमतका प्रवक्ता डा.शरदसिंह यादवलेसबै जिल्लाका वडामा वडास्तरीय तथा जिल्ला सदरमुकाम र पार्टी कार्यालयहरुमा श्रद्धाञ्जली कार्यक्रम गर्न परिपत्र जारी गरेका हुन् ।
भाद्र १५ गते आइतबार साँझ ७ बजे सबै जिल्लामा मनोहर यादवको तस्वीर राखेर मैनबत्ती तथा दीप प्रज्वलन गरी श्रद्धाञ्जली कार्यक्रम गर्न भनिएको छ ।
स्वतन्त्र मधेश गठबन्धन अभियानका बेला पक्राउ परेका राममनोहरको प्रहरी हिरासतमा मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया