लोसपा अध्यक्ष महन्थ ठाकुरले भेटे प्रधानमन्त्री र गृहमन्त्री

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

अध्यक्ष ठाकुरले शुक्रबार प्रधानमन्त्री ओलीसँगको भेटवार्ताको क्रममा मधेश प्रदेश लगायत सम्पूर्ण मधेशमा भइरहेको खानेपानीको समस्या, नुहाउने पानीको समस्या र वीरगन्ज महानगरमा फैलिएको महामारीबारे ध्यानाकर्षण गराएका थिए ।

वीरगन्जमा फैलिएको महामारीमा तीन जनाले ज्यान गुमाइसकेकोले ठोस रुपमा समस्या अविलम्ब समाधानका लागि पहल गर्न र नियन्त्रण गर्न प्याकेजमा व्यवस्था गर्न उनले प्रधानमन्त्रीलाई अनुरोध गरेको लोसपा महासचिव विनोद कुमार सिंहले जनाएका छन् ।

यसैगरी, लोसपा अध्यक्ष ठाकुर, वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल, उपाध्यक्ष एवं मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीसहितको टोलीले गृहमन्त्री लेखकलाई भेटेको छ ।

मधेश आन्दोलनमा मुछिएका अभिराम शर्मा लगायतका पार्टीका अन्य नेताहरु माथि लगाइएका मुद्दाहरु सम्बन्धमा गृहमन्त्री लेखकसँग गम्भीर वार्ता भएको जनाइएको छ ।

सोको समाधानका लागि छिटोभन्दा छिटो पहल गर्न गृहमन्त्री लेखकलाई जोडदार दबाब दिएको महासचिव सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ