मधेशमा बढ्दो जेहादी गतिविधिप्रति चिन्ता व्यक्त

समाचार

बारा । जिल्लाको परवानीपुर गाउँपालिका–५, रामपुरमा जेहादी आतंकवाद विरुद्धको जनजागरण अभियानअन्तर्गत राष्ट्रिय एकता अभियानले भेला सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख वक्ता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले मधेश प्रदेशमा बढ्दो जेहादी गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

उनले विश्वशान्तिका लागि हिन्दू दर्शनको विश्वव्यापी प्रचार–प्रसार अपरिहार्य भएको बताउँदै, राष्ट्रिय एकता अभियानले यही अभियानलाई अघि बढाइरहेको उल्लेख गरे ।

त्यसैगरी समाजसेवी एवं हाड–जोर्नी विशेषज्ञ डा. अजय यादवले नेपालका राजनीतिक दलहरूले सनातन संस्कृति र मूल्यप्रति देखाएको उदासीनताका कारण देशमा जेहादी घुसपैठ बढ्दै गएको बताए। उहाँले हिन्दुत्वको संरक्षणमा नागरिक सचेतना आवश्यक रहेको जोड दिए ।

भेलामा अभियानका अवधेश मण्डल, रामाशीष यादव तथा संरक्षक सेवक सौरभनाथ बाबालगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा अभियानी सन्दीप रायभरले सञ्चालन गरेका थिए ।

कार्यक्रमले स्थानीय तहमा अभियानको संगठन विस्तार गर्ने निर्णय गर्दै नयाँ समिति गठनसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ