महोत्तरी । उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई. बसन्त कुशवाहाले महोत्तरीको भिठामोड सीमा नाकामा स्थलगत निरीक्षण गर्दै पर्यटकको सहज आवागमन र पर्यटन प्रवद्र्धनका सम्भावनाबारे मूल्यांकन गरेका छन् ।
मन्त्री कुशवाहाले नाकामा पूर्वाधार, आव्रजन प्रक्रिया, सुरक्षा व्यवस्था र सेवा सुविधाको अवस्था प्रत्यक्ष अवलोकन गर्दै भीठामोडलाई पर्यटकमैत्री सीमा नाका बनाउन मन्त्रालयले विशेष योजना अघि सारेको जानकारी दिएका छन्।
मन्त्रालयका अनुसार, नाकामा आधुनिक आव्रजन सुविधा, पर्यटन सूचना केन्द्र, आवास र यातायात सेवा, सुरक्षा सुदृढीकरण तथा मधेश प्रदेशका ऐतिहासिक, धार्मिक र सांस्कृतिक गन्तव्य प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखी छिट्टै कार्यान्वयन सुरु गरिनेछ।
सरकारको यो पहलले भीठामोड नाकालाई व्यवस्थित, सुरक्षित र आकर्षक प्रवेशद्वार बनाउने मात्र नभई मधेश प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया