विभिन्न ठाउँमा जनमतको “राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम” हुँदै

समाचार

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले पश्चिम तराईका विभिन्न जिल्लाहरुमा “राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम” गर्ने भएको छ ।

भाद्र ३० गतेदेखि असोज ५ गतेसम्म पश्चिम तराईका विभिन्न जिल्लाहरुमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागिएको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जनाएका छन् ।

पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार आयोजना हुने प्रशिक्षण कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतको प्रमुख आतिथ्यमा हुने प्रवक्ता यादवले जानकारी दिएका हुन् ।

प्रशिक्षणमा राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका तथा वडा अध्यक्ष र सचिवहरू सहभागी हुनेछन् ।

यस्तै सहभागी हुनेहरुलाई आआफ्नो समितिमा कम्तीमा ३ पटक भएको बैठकको निर्णय प्रतिलिपीसमेत ल्याउन अनिवार्य गरिएको छ ।

जनमतको पश्चिम तराईमा आयोजना हुन लागेको प्रशिक्षण कार्यक्रमको सुरुवात बाँके जिल्लाको क्षेत्र नं. १, २ र ३ बाट हुनेछ ।

यसैगरी, भदौ ३१ गते बर्दिया क्षेत्र नं. १ र २, असोज १ गते कैलाली–कञ्चनपुर(भेटघाट), असोज २ गते नवलपरासी क्षेत्र नं. १ र २, असोज ३ गते रुपन्देही क्षेत्र नं. १ र २, असोज ४ गते रुपन्देही क्षेत्र नं. ३, ४ र ५ तथा असोज ५ गते कपिलवस्तु क्षेत्र नं. १, २ र ३ मा प्रशिक्षण कार्यक्रम तय गरिएको प्रवक्ता डा.यादवले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ