कारागारबाट फरार १४ कैदी पक्राउ

समाचार

जनकपुरधाम । केन्द्रीय कारागार काठमाडौँबाट फरार भएका चार जना विदेशी नागरिक सहित १४ जनालाई लाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गर्नेहरूमा तीन जना नाइजेरियाका नागरिक तथा १ जना ब्राजिलका नागरिक रहेको धनुषाका प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल भारतको सीमानाका धनुषाको मैनाथपुर र सवैलावाट प्रहरीले पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नाइजेरियाका वर्ष ३८ को मो. लामिन्स डाबो, वर्ष ३५ को ग्लोरी बडे, वर्ष ५५ को ईमानुअल ओवुडा उजेईग्बे र वर्ष २५ का ब्राजिलका लारेशन ब्रिटो रहेका छन् । चारै जनालाई भदौ २७ गते नेपाल भारतको सिमानाबाट पक्राउ गरेका थिए ।

उनीहरू भारततर्फ भाग्न थालेको बेलामा धनुषा प्रहरीले पक्राउ गरेको हो । उनीहरू लागु औषधको कारोबारमा केन्द्रीय कारागारमा सजाय पाएकामा जेनजीको आन्दोलनको क्रममा गत मङ्गलवार फरार भएका थिए ।

यसै गरि धनुषा प्रहरीले सिन्धुली तथा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका १० जना अन्य नेपाली बन्दीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ