काठमाडौँ । महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
नियुक्तिसँगै भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन् ।
तपाईको प्रतिक्रिया