मटिहानी–५ मा डकैती

समाचार

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वडा–५ बिसनपुर बस्ने मङ्गल महरा र बहादुर महराको घरमा आइतबार राति करिब १२ बजे डकैती भएको छ ।

३–५ जनाको समूहमा धारिलो हातहतियार सहित आएको डाँकाहरूले उक्त घरका सदस्यहरू माथि धारिलो हातहतियार प्रहार गरी घाइते बनाई लाखौँ बराबरको गरगहना,सामग्री र रकम लुटपाट भएको हो।

डाँकाहरूको समूहले मङ्गल महाराको श्रीमती ५० वर्षीय सैलो देवी र छोरी मनिषा कुमारी र छोरा सञ्जीव महरा माथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ ।

घाइतेहरूको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ