जेनजीको नेतृत्वमा मधेश प्रदेशमा सरकार गठन गर्न आग्रह

समाचार

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं पूर्वमन्त्री ई.बसन्त कुशवाहाले मधेश प्रदेशमा जेनजीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न आग्रह गरेका छन् ।

उपाध्यक्ष ई.कुशवाहाले बुधबार सामाजिक सञ्जालमार्फत् यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘जेनजीको आन्दोलनमा पूर्ण समर्थनसहित सहजताको लागि मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग भएको छ। अब केही दिनमै प्रदेश प्रमुखले सरकार गठनका लागि सार्वजनिक आह्वान गर्ने छ । सो सरकार जेनजीको नेतृत्वमा गठन होस् । मधेश प्रदेशमा जेनजीको नेतृत्व गरेका तथा जेनजीको आन्दोलनमा सहभागी सम्पूर्ण मधेशी भाईहरू सरकार बनाउन पहल गर्नुस् ।’

उनले भनेका छन्, जनमत पार्टी युवाहरूको पार्टी हो, युवा नेतृत्वको पार्टी हो। तैपनि जनमत पार्टीले मधेश सरकार न्भल श् को लागि छोडेको हो, नकि त्यही पूराना अनुहारका लागि ।’

‘जेनजीका साथीहरू, अगाड़ी आउनुस्, मधेश भवनमा आफ्नो भूमिका लिनुस्। हामी हरेक किसिमले सहयोग गर्न तैयार छौ। हाम्रो जनमत पार्टीबाट पूर्ण समर्थन छ।’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ