काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ अर्थात संविधान दिवसलाई कालो दिनको रुपमा यथावत राख्दै शोक दिवस मनाउने निर्णय गरेको छ ।
लोसपाको केन्द्रीय पदाधिकारी एवं भ्रातृ संगठनका पदाधिकारीहरुको बैठक अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यलय बबरमहलमा बसेको थियो । सो बैठकले यस्तो निर्णय गरेको हो ।
साथै, जेनजी आन्दोलनमा दिवङ्गत भएका शहीदहरुको चिर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गर्दै शोक सन्तप्त परिवारजणमा गहिरो समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया