‘प्रहरीले दोषीलाई जोगाएर निर्दोष छोरालाई फसायो’

समाचार

राकेश यादव, रौतहट । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ निवासी राम चन्द्र दास सर्भङ्गले प्रहरीले दोषीलाई जोगाएर मेरो निर्दोष ३ छोरा माथि कर्तव्य ज्यान सम्बन्धि कसुरमा मुद्दा चलाएको आरोप लगाएका छन् ।

उनले घटनाका दोषीलाइ राजनीतिक दवावमा उम्काएको दावी समेत गरेका हुन् ।

रौतहट जिल्लाको सदरमुकाम गौरमा पिडित परिवारले पत्रकार सम्मेलन गरि ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन प्रमुख प्रहरी नायव उपरिक्षक राजन कार्कीले स्थानीय वडा नम्बर ४ निवासी मृतक नसिब बैठालाइ कुटपिट गर्ने कार्यमा संलग्नलाई जोगाएको आरोप लगाए।

गएको साउन १ गतेका दिन मोबाइल चोरी गरेको आरोपमा बैठालाइ हाथ खुट्टा बाधेर स्थानीय दिपलाल यादव, शिवनाथ यादवको छोरा संजय यादव र विजय यादव मिलेर गम्भीर रुपमा कुटपिट गरेको सुनाए।

कुटपिट पछि ईलाका प्रहरी कार्यालय कटहरियामा भएको दुवै पक्ष बिचको छलफलमा नसिव बैठाले मोबाइल गर्भु दास सर्भङ्गले लिएको भनेको आरोप पुस्टि नहुदा छोरालाइ सफाई दिइएको र दिपलाल यादवलाइ प्रहरीले नियन्त्रणमा लिएको बताए।

पक्राउ परेका दिपलाल यादवलाइ आर्थिक प्रलोभन तथा नेताको दवावमा छोडेर घर भन्दा बाहिर रहेका २ छोरा प्रभु दास र शम्भु दास समेतमा घटनाको अनुसन्धान नै नगरी डिएसपि कार्कीले हत्या जस्तो गम्भीर मुद्दामा फसाएको दावी पुकारी देवीले गरिन।

रक्सी, गाजा लगायतका लागु औषध सेवन गर्दै आएका नसिब बैठाको बुबाको निधन भएपछी क्रिया श्राद्धमा बसेको बेला कुटपिट भएको कारण बिरामी परि उपचारको क्रममा मृत्यु भएको उनले दाबी गरे।

पिडितका आमा पुकारी देवीले भनिन बढी नशा सेवन गरेको कारण मृत्यु भएको बैठाको कुटपिटमा मेरो ३ छोरा दोषी नरहेको भएपनि केहि बिरोधी व्यक्तिको उक्साहटमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फसाएको छ।

बैठाको गएको भाद्र ११ गते उपचारको शिलशिलामा निधन भएको थियो। स्थानीय शंकर साह कलवारले मुद्दा चलाइएका गर्भु, प्रभु र शम्भु निर्दोष भएको र प्रहरीले जानी जानी मुद्दा दर्ता गरेको बताए।

संजय र विजय तथा दिपलाल यादवले मिलेर झुठो मोबाइल चोरीको आरोप लगाई निर्मम तरिकाले कुटपिट गर्दा तथा लागु पदार्थ सेवनको लत लागेकाले एकासी सेवन गर्न छोडेको कारण बिरामी परि बैठाको निधन भएको उल्लेख स्थानीय छोटेलाल साह ले गरे।

घटनाको सत्य तथ्य बारे छानबिन नै नगरी प्रहरीले राजनीतिक तथा आर्थिक लोभमा परि निर्दोष व्यक्ति माथि मुद्दा चलाएको बताए।

अनुसन्धान नै नगरी अभाव प्रभावमा परि निर्दोष छोरालाइ फसाउने प्रहरी नायव उपरिक्षक कार्की माथि बिभागिय अनुसन्धान गरि कानुनी कार्यवाही गर्न पिडित परिवारले माग गरेको छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ