रौतहट । ईशनाथ नगरपलिका–८ मनसरीबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३४ किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश न. ३–०१–०२२ च १८६१ नम्बरको पिकअप गाडीको चालकले गाडी छाडी फरार भएपश्चात प्रहरीले गाडी तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार गाडी चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया