कैलाली । धनगढी उपमहानगरपलिका–२ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–५ बस्ने ३० वर्षीय यलसन चौधरी र सोही उपमहानगरपालिका–५ डेरा गरी बस्ने घोडाघोडी नगरपालिका–११ घर भएका १९ वर्षीय पर्शुराम कठरिया रहेका छन् ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले सु.प.प्र.०१–००१ प २५६८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया