चट्याङ लागेर दुई किशोरको मृत्यु

समाचार

रौतहट । जिल्लाको कटहरियामा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ ।

कटहरीया नगरपालिका–२ अतियाही टोल बस्ने मेरूलाल लहेरीको छोरा १७ वर्षीय सरोज लहेरी र रामध्यान राय यादवको छोरा १६ वर्षीय नबिन यादवको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको हो ।

यसैगरी रौतहट, ईशनाथ नगरपालिका–८ मनसरी टोल बस्ने ४५ वर्षीय शेख जमरूणको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ