खोलाले बगाएर डुब्दा सर्लाही र रौतहटमा दुईको मृत्यु

समाचार

सर्लाही । खोलाले बगाएर डुब्दा सर्लाही र रौतहटमा दुई जनाको मृत्यु भएको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–५ भाडसरस्थित लखनदेही खोलाले बगाएर सोही ठाउँ बस्ने १८ वर्षीय ओम ठाकुरको मंगलबार दिउँसो मृत्यु भएको छ । खोलाले बगाएर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच टोलस्थित खेतको पानी बग्ने ठाउँ (भंगालो) मा डुबेर सोही ठाउँ बस्ने रामदयाल रामकी छोरी १२ वर्षीया आरती कुमारी र शिवधारी रामकी छोरी ११ वर्षीया अन्तिमा कुमारीको मृत्यु भएको छ ।

सोमबार दिउँसो डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव मंगलबार फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ