हत्या अभियोगमा दुई जना पक्राउ

समाचार

कैलाली । घोडाघोडी नगरपालिका–८ जडै बस्ने सुर्खेत चौकुने गाउँपालिका–३ मौरीबन घर भएका २८ वर्षीय केशर सिं बुढाको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

सोही नगरपालिका–८ जडै बस्ने १९ वर्षीय गगन भन्ने गंगा बुढाक्षेत्री समेत २ जना पक्राउ परेका हुन् ।

उनीहरूले वादविवाद क्रममा हँसिया प्रहार गरी केशरको हत्या गरेको भन्ने खबर अस्थायी प्रहरी चौकी प्रतिखेतमा गई जानकारी गराए पश्चात उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ