रूपन्देही । सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवा मगर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवा बस्ने २० वर्षीय लक्ष्मण कोहार र २० वर्षीय प्रितम राजभर रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया