काठमाडौं । भारतका महान सन्त प्रेमानन्द महाराजलाई किड्नी प्रदान गर्ने नेपालको सिरहाका दलित अभियन्ता अशेश्वर कामतले संकल्प घोषणा गरेका छन् ।
अभियन्ता कामतले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो घोषणा गरेका हुन् । उनी धार्मिक तथा सांस्कृतिक जर्गेना ल्याउने कार्यमा निरन्तर अभियानहरु चलाइरहेका छन् ।
हिन्दी भाषामा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘भारत के महान संत जगतगुरु संत श्री प्रेमानंद जी महाराज के किडनी खराब होने के कारण स्वास्थ्य में असर की खबर प्राप्त हुई है। इस स्थिति में, मैं — असेस्वर कामत (दलित अभियंता, नेपाल) — यह सार्वजनिक रूप से घोषणा करता हूँ कि मैं अपनी ओर से संत श्री प्रेमानंद जी महाराज को सहयोग स्वरूप अपनी एक किडनी प्रदान करने की इच्छा और संकल्प व्यक्त करता हूँ।’
सन्त प्रेमानन्द जी महाराज मानवताको प्रतीक र एक जगतगुरु हुन् ं। उनको जीवन र आशिर्वादबाट असंख्य मानिस प्रेरणा प्राप्त गरेका छन् ।
अभियन्ता कामतले भनेका छन्, ‘मैं यह भी सूचित करता हूँ कि मेरा स्वास्थ्य पूर्ण रूप से ठीक है, मुझे किसी प्रकार की बीमारी नहीं है।’
अभियन्ता कामत ३८ वर्षका हुन् र उनको ब्लड ग्रुप बी पॉजिटिव रहेको छ । उनी नेपालको सिरहा जिला, वार्ड नं. १० का निवासी हुन् ।
उनले सो घोषणा भारत र नेपालका समस्त जनता, भारतीय राजदूतावास, तथा सम्बन्धित सबै निकायहरुलाई सूचित गर्ने उद्देश्यले गरेका छन् ।
उनले भनेका छन्, ‘मेरो उद्देश्य केवल एउटै छ — जगतगुरु संत प्रेमानंद जी महाराजको जीवन रक्षा र सेवा हो । मलाई विश्वास छ कि मेरो यस सहयोगबाट उनको स्वास्थ्य शीघ्र सुधार हुनेछ ।’
तपाईको प्रतिक्रिया